अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४८ | Colorodo: 11:03

अमेरिकी बैज्ञानिकहरु भन्छन् “चीनले कोरोना महामारी फैलाएको होइन”, वुहानमा देखिनुभन्दा पहिले नै विश्वमा कोरोनाको छाप थियो

बिआरटीनेपाल २०७७ मंसिर २१ गते ७:०६ मा प्रकाशित

अमेरिकी वैज्ञानिकहरुले कोरोना भाइरसको सङ्क्रमण चीनको वुहानबाट नफैलिएको दावी गरेका छन् ।झन्डै एक वर्ष पहिले वैज्ञानिकहरुले कोभिड–१९ रोग फैलाउने Sars-CoV-2  कोरोना भाइरसको बारेमा त्यतिबेला पत्ता लगाए, जब चीनको वुहानमा केहि मानिसहरू यसबाट सङ्क्रमित भइरहेको जानकारी प्राप्त भयो ।तर, एक नयाँ अध्ययनका अनुसार विश्वव्यापी महामारीको कारण बनेको यस भाइरसले चीनको वुहानमा फेला पर्नुभन्दा धेरै पहिले नै मानिसलाई सङ्क्रमित गरिसकेको थियो ।

प्राप्त जानकारी, अनुसार आधिकारिक रुपले वैज्ञानिकहरुलाई कोरोना भाइरसको बारेमा जानकारी ३१ डिसेम्बर २०१९ मा प्राप्त भयो, जब चीनको हुबेई प्रान्तको स्वास्थ्य अधिकारिहरुले एउटा चेतावनी जारी गर्दै भन्यो, की, ‘वुहानमा कुनैपनि यस्तो केस फेला परेको छैन जसमा निमोनियाको गम्भीर लक्षण होस् ।’ अधिकारीहरुले त्यसलाई श्वास फेर्नेसँग सम्बन्धित् रोग भनेका थिए ।

तर, महामारी सुरु भएको ११ महिनापछि अब अमेरिकी अध्ययनकर्ताहरू भन्छन् की, अमेरिकाको तीन राज्यमा ३९ यस्ता मानिसहरू भेटिएका छन्, जसको शरीरमा कोरोना भाइरसको एन्टीबडीज बनेको छ ।यो एन्टीबडीज चीनको कोरोना भाइरससँग सम्बन्धीत चेतावनी दिएको दुई हप्ता पहिले उनीहरूको शरीरमा देखिइ सकेको थियो । अमेरिकामा भने  Sars-CoV-2 को पहिलो केस २१ जनवरी २०२० मा नै फेला परेको थियो ।

अमेरिकाले यसअघिसम्म चीनले नै कोरोना सङ्क्रमण फैलाएको भन्दै आरोप लगाउँदै आएको छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँको प्रशासन, सहयोगी र उहाँ निकट सबैले चीनमाथि कोरोना महामारी फैलाएको आरोप लगाउँदै आएका छन् । तर, अमेरिकामा सत्ता परिवर्तनसँगै सार्वजनिक गरिएको यस अध्ययनले फेरि विश्वमा तरङ्ग उत्पन्न भएको छ ।

के भन्छ अध्ययनको नतिजाले ?

यस अध्ययनका अनुसार अमेरिकामा १३ डिसेम्बर २०१९ देखि १८ जनवरी २०२० मा भएको एक रक्तदान कार्यक्रममा ७ हजार ३ सय ८९ जनाले रक्तदान गरेका थिए । त्यसमध्ये १ सय ६ जनाको रगतको नमूनामा कोरोना भाइरसको एन्टीबडीज भेटिएको थियो ।

कुनैपनि व्यक्तिको शरीरमा एन्टीबडीज भेटिनुको अर्थ हो की, त्यो व्यक्ति भाइरसबाट सङ्क्रमित भइसकेको छ र उसको रोग प्रतिरोधात्मक तन्त्रले त्यस भाइरससँग लड्नका लागि एन्टीबडीज बनाई सकेको छ ।क्यालिफोर्निया, ओरेगन र वाशिंगटनमा १३ देखि १६ डिसेम्बरको बीचमा लिइएको रगतको नमूनामा ३९ जनामा कोरोना भाइरसको एन्टीबडीज पाइएको थियो ।

अध्ययनका अनुसार ६७ वटा नमूना जनवरीको महिनामा म्यासाचुसेट्स, मिशिगन, रोड आइल्याण्ड र भिस्कन्सिनमा जम्मा गरिएको थियो । ती राज्यमा महामारीको प्रकोप बढ्नुभन्दा धेरै नै पहिले मानिसमा एन्टीबडीज विकास भइसकेको थियो । प्रायःजसो मानिसहरू यस भाइरसको सम्पर्कमा आएका थिए र उनीहरु पुरुष थिए । जसको उमेर औषतमा ५२ वर्ष थियो ।

अध्ययनकर्ताहरुका अनुसार, मानिसको शरीरमा पहिलेदेखि नै रहेको कुनै कोरोना भाइरस विरुद्धको एन्टीबडीज बनेको हुन सक्छ । अध्ययनका अनुसार प्रायःजसो मानिस जसमा एन्टीबडीज भेटिएको छ, ती मध्ये केहिमा त्यस समय कोभिड–१९ को लक्षण पनि देखिएको थियो । अध्ययनकर्ताहरुका अनुसार अमेरिकामा ठूलो संख्यामा भाइरसको सङ्क्रमण फेब्रुअरीको अन्तिम हप्तामा नै फैलिन सुरु भइसकेको थियो ।

तर, अहिलेसम्म भाइरसको उत्पत्तिलाई लिएर जुन जानकारीहरू दिइएको थियो, त्यसमा यस अध्ययनपछि कुनै परिवर्तन आउँछ ? यो प्रश्न पनि अब उठेको छ ।

त्यसो भए भाइरस सबैभन्दा पहिले कहाँ पाइएको थियो ?

Sars-CoV-2 भाइरस सबैभन्दा पहिले कहाँ पाइएको थियो ? यस प्रश्नको उत्तर दिनु सायदै सम्भव हुन सक्छ । यस प्रकारका विभिन्न संकेतहरु देखिएको छ कि यो भाइरस डिसेम्बर २०१९ मा चीनको वुहानमा पाउनुभन्दा कैयौं हप्ता पहिले नै विश्व परिवेशमा थियो ।तर, सीडीसीका अध्ययनकर्ताका अनुसार यस बारेमा निश्चित रुपले केहि भन्न सक्ने अवस्था छैन, की ती मानिसहरू आफ्नै देशमा सङ्क्रमित भएका थिए वा यात्राको क्रममा भाइरसको चपेटामा आएका थिए ।

रक्तदान कार्यक्रमको आयोजन गर्ने संस्था रेडक्रसले जुन मानिसहरुको नमूना जम्मा गरेको थियो तीमध्ये मात्र ३ प्रतिशत मानिसले हालैमा विदेशको यात्रा गरेको बताएको उल्लेख गरेको छ ।यस्तै ५ प्रतिशत मानिसले भनेका थिए की, उनीहरुले एशियाली मुलुकको यात्रा गरेको थिए ।

योभन्दा पहिले पनि केहि अध्ययनमा चीनले चेतावनी दिनुभन्दा पहिले नै अन्य मुलुकका मानिसरुमा कोरोना भाइरसको सङ्क्रमण देखिएको प्रमाण फेला परेको थियो ।यसैवर्ष मे महिनामा फ्रान्सका वैज्ञानिकहरुले भनेका थिए, २७ डिसेम्बरमा पेरिस नजिकै एक व्यक्तिको उपचार शंकास्पद निमोनिया भनेर गरिएको थियो । जो कोरोना भाइरसबाट सङ्क्रमित थिए ।

उसो भए के वुहानको पशु बजारबाट फैलिएको होइन कोरोना भाइरस ?

क्बचक(ऋयख्(द्द को बारेमा हालसम्म एउटा पनि तथ्य फेला पर्न सकेको छैन की जनावरबाट मानिसमा कसरी कोरोना भाइरस सरेको छ भनेर ।जानकारहरुका अनुसार अहिलेसम्म महामारीको केन्द्र वुहानको पशुबजारलाई मानिँदै आएको छ । जहाँ जीवित र मृत जंगली जनावरमा भाइरस हुन्छ ।त्यो यसकारण, किनकी शुरुवाती क्रममा सङ्क्रमणको जुन केस दर्ता गरिएको थियो, तीमध्ये ठूलो संख्यामा यसै बजारसँग जोडिएका मानिसहरू थिए ।

तर, यस विषयलाई लिएर अध्ययनकर्ताहरुले भनेका छन् की, यो अहिलेसम्म अनिश्चित छ, कि भाइरस त्यहाँको एक व्यक्तिबाट अर्को व्यक्तिको शरीरमा कसरी फैलिन सुरु भयो ।चीनको वुहानमा डाक्टरहरुद्वारा गरिएको एक अध्ययनका अनुसार त्यहाँ कोरोनाको पहिलो केसको पहिचान डिसेम्बरको पहिलो तारिखमा गरिएको थियो र यसको सम्बन्ध पशु बजारसँग थिएन । यो अध्ययन मेडिकल जर्नल ल्यासेन्टमा प्रकाशित गरिएको थियो ।केहि जानकारहरू भन्छन्, की महामारी फैलाउन सक्ने क्षमता राख्ने भाइरस, बिना पहिचान भइ महिनोसम्म संसारमा रहोस् त्यो सम्भव छैन ।

तर, सम्भव छ की, उत्तर गोलार्धमा विशेष गरी जाडो मौसमको क्रममा यो भाइरस पहिचानमा आएको होस् र पहिलेदेखि नै मानिसलाई सङ्क्रमित पनि गरिरहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू