अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१० | Colorodo: 01:25

जो बाइडेनको नयाँ प्रशासनमा प्रभाव पार्न चिनियाँ एजेन्ट सक्रिय भएको अमेरिकी गुप्तचरको दाबी

बिआरटीनेपाल २०७७ मंसिर १८ गते ७:२७ मा प्रकाशित

अमेरिकाको गुप्तचर संस्थाले निर्वाचित जो बाइडेनको आउने प्रशासनमा चिनियाँ एजेन्ट सक्रिय भएको दाबी गरेको छ। अमेरिकी राष्ट्रिय गुप्तचर संस्थाका निर्देशक विलियम इभानिनाले जो बाइडेनको टीमसँग चिनियाँहरु नजिक भइरहेको दाबी गरेको बीबीसीले जनाएको छ।

गुप्तचर संस्थाका अध्यक्ष इभानिनाले भनेका छन्, ‘ चिनियाँहरुले प्रभाव पार्ने अभियानहरु शसक्त रुपमा चलाइरहका छन्।’ यस्तै अमेरिकाको न्यायिक निकायले पनि गोप्य रुपमा करीब १ हजार चिनियाँ सन्दिग्धरु जो बाइडेनको प्रशासनमा सक्रिय हुन थालिसकेको जिकिर गरेका छन्। आस्पेन इन्स्टिच्युटका थिंक ट्यांकहरुको गरिएको बुधबारको भर्चुअल छलफलमा इभानिनाले भनेका छन्, ‘चीनले मध्य अमेरिकी चुनाव र कोरोना भ्याक्सिनको बहानामा मध्यस्तकर्ताको भूमिका खोजिरहेको थियो।’

उसले थप प्रस्ट्याउँदै भनेका छन्, ‘ चिनियाँ एजेन्टहरुको सक्रियता हामीले पनि देख्यौँ, जुन सुनियोजित थियो र हामी बहाना बनाइरह्यौँ। तर उनीहरु बाइडेनको प्रशासनमा सहभागी हुन प्रभाव पारिरहनेछन्।’यसका साथै उनले जो बाइडेनको नयाँ प्रशासनमा विदेशी प्रभाव राजनीतिक तथा कूटनीतिक तवरबाट हुने र आफूले त्यो देशभर देखेको बताएका छन्। उनले भनेका छन्, ‘ जब यसरी कुनै क्षेत्रलाई प्रभावमा पारेको देख्दा हामी कस्तो देखिन्छौँ, कस्तो महसुश हुन्छ र यसले कस्तो छाप छोड्छ नयाँ प्रशासनमा ?’

सोही समयमा बुधबार नै थिंक ट्यांकका छलफलमा राष्ट्रिय न्यायिक सुरक्षा विभागका प्रमुख जोन डेमर्सले भनेका छन्, ‘करीब सयजना चिनियाँ अनुसन्धानकर्ताहरु चिनियाँ सेनासँग सम्बन्ध राखिरहेको अमेरिकी अनुसन्धान संघीय ब्यूरो (एफबीआइ)ले पहिचान गरेको थियो।’उनले भनेका छन्, ‘अमेरिकाले त्यतिबेला यो अनुसन्धान थाल्यो जतिबेला करीब पाँचरछ जना चिनियाँ अनुसन्धानकर्ताहरुलाईपक्राउ गरिएको थियो। उनीहरु लुकेर पिपल्स लिबरेशन आर्मी (पीएलए)सँग कुरा गर्दै आएका थिए।’

उनले त्यतिबेला पाँच ६ जना मात्रै चिनियाँहरु अहिले आएर यत्रो ठूलो मात्रामा बढ्लान् भन्ने कुनै कल्पना समेत नगरेको बताएका छन्। उनले एफबीआइसँगको छलफलमा पक्राउ परेका दर्जनभन्दा बढीसँग अन्तर्वार्ता लिएको र उनीहरुले करीब हजारभन्दा बढी चिनियाँ अनुसन्धानकर्ताहरुले अमेरिका छाडिसकेको बताएका छन्।उनले भनेका छन्, ‘यस्तो केवल चिनियाँहरुको आँट गर्छन् र उनीहरु आफ्नो स्रोत समेत प्रयोग गर्ने क्षमता राख्छन्। उनीहरु राजनीतिक र आर्थिक प्रभाव देखाएर अन्य खराब गतिविधिहरु गर्छन्।’

छलफलकै क्रममा उनले करीब १ हजार चिनियाँ विद्यार्थी तथा अनुसन्धानकर्ताहरुको भिसा गत सेप्टेम्बरमै रद्द गरिएको जानकारी दिए। गत जुलाइमै अमेरिकाले बेइजिङस्थित बौद्धिक सूचना वा सम्पत्ति चोर्न सक्ने भन्दै अमेरिकाको ह्युस्टन टेक्सासमा रहेको चिनियाँ कन्सुलेट कार्यालय बन्द गराएको छ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू