अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४६ | Colorodo: 02:01

हङकङमा प्रजातन्त्रवादी आन्दोलनका अगुवालाई जेल सजाय

बिआरटीनेपाल २०७७ मंसिर १८ गते ७:१८ मा प्रकाशित

हङकङका प्रजातन्त्रवादी आन्दोलनका अगुवालाई जेल सजाय सुनाइएको छ । गत वर्ष भएको आन्दोलनको नतृत्व गरेको भन्दै जोशुआ बोङ, एग्नेस चाउ र इभान लामलाई जेल सजाय सुनाइएको हो ।तीनै जनालाई राज्यको विरुद्धमा गैरकानुनी गतिविधि गरेको आरोप लगाइएको छ । गत वर्ष सरकारले विवादास्पद कानुन ल्याएपछि त्यसको विरोधमा लामो समय आन्दोलन भएको थियो ।

उक्त आन्दोलनको अगुवाइ गरको भन्दै तीनै जना प्रजातन्त्रवादी कार्यकर्तालाई नियन्त्रणमा लिइएको थियो । चीनको यो कदमको सर्वत्र विरोध भएको छ ।एमनेष्टी इन्टरनेशनलले उक्त आदेशको निन्दा गर्दै अधिकारका लागि भएको लडाइमा कसैको निजी स्वार्थ नभएकाले निर्णय फिर्ता लिन आग्रह गरेको छ ।

एमनेष्टीका एशिया प्रशान्त क्षेत्रीय निर्देशक यामिनी मिश्राले हङकङले तीन जना अभियान्तालाई काराबासको सजाय सुनाएर अभिव्यक्ति स्वतन्त्रता नियन्त्रणमा लिएको टिप्पणी गर्नुभएको छ । गत वर्ष छाता आन्दोलनको नेतृत्व गरेका तीनै जनालाई सरकारले नियन्त्रणमा लिएर थुनामा राखेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू