अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५५ | Colorodo: 11:10

मोदी सरकारले ल्याएको कृषि कानुनविरुद्ध आन्दालनरत किसान र सरकारबीच वार्ता सुरु

बिआरटीनेपाल २०७७ मंसिर १६ गते ६:५७ मा प्रकाशित

नरेन्द्र मोदी नेतृत्वको भाजपा सरकारले ल्याएको कृषि कानुन खारेजीको माग गर्दै आन्दोलनरत किसान र भारतको केन्द्र सरकारबीच वार्ता सुरु भएको छ।सरकारका तर्फबाट कृषिमन्त्री नरेन्द्र सिंह तमोर र रेलमन्त्री पीयूष गोयल वार्तामा सहभागी छन् भने किसानका तर्फबाट ३५ जना किसान प्रतिनिधि सहभागी रहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

सरकारले हालै ल्याएको कृषि कानुनको विरोधमा किसानहरुले आन्दोलन चर्काएका छन्। विशेषगरी पञ्जाब र हरियाणाका किसानले ‘दिल्ली चलो’ आन्दोलन चलाएका थिए। दिल्ली प्रवेश गर्ने क्रममा प्रहरी र किसानबीच झडपसमेत भएका थिए।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू