अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५१ | Colorodo: 16:06

नाइजेरियामा खेतमा काम गरिरहेका किसानमाथि जथाभावी आक्रमण, कम्तिमा १ सय १० जना किसान मारिए

बिआरटीनेपाल २०७७ मंसिर १५ गते ६:४५ मा प्रकाशित

उत्तरपूर्वी नाइजेरियामा भएको आक्रमणमा कम्तिमा ११० जना किसान मारिएका छन् ।संयुक्त राष्ट्रसंघका अनुसार द्वन्द्व प्रभावित बोर्नो राज्यको राजधानी मैदुगुरी नजिकै ग्रामिण समुदायमाथि बन्दुकधारीले जथाभावी गोली चलाउँदा उक्त घटना भएको हो ।राष्ट्रसंघीय मानविय संयोजक एडवार्ड क्यालनले मोटरसाइकलमा आएका सशस्त्र समूहले खेतमा काम गरिरहेका किसानमाथि जथाभावी आक्रमण गरेको बताउनुभएको छ ।

घटनामा केही महिला अपहरणमा परेको राष्ट्रसंघको दावी छ । निदोष किसानामाथि भएको जघन्य अपराध क्षम्य नहुने भन्दै क्यालनले पीडितको न्यायका लागि सबैले पहल गर्नुपर्ने बताउनुभएको छ । घटनाको बारेमा कसैले जिम्मेवारी नलिएपनि पश्चिमी अफ्रिकाको इस्लामिक स्टेट (आइएसडब्लुएपी) र बोकोहरामलगायतका सशस्त्र समूहको हात हुनसक्ने सरकारले अनुमान गरेको छ ।

पछिल्ला वर्षहरुमा विभिन्न सशस्त्र समूहहरुबाट भएका आक्रमणमा ती क्षेत्रमा ३० हजार भन्दा बढी सर्वसाधारण मारिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले बताएका छन् ।यस्तै विद्रोही समूहका गतिविधिका कारण हजारौं सर्वसाधारण विस्थापित भइसकेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू