अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२२ | Colorodo: 18:37

विश्वभर ४ करोड २९ लाख ६ सय कोरोना संक्रमित उपचारपछि निको

बिआरटीनेपाल २०७७ मंसिर १३ गते ६:३७ मा प्रकाशित

विश्वभर हालसम्म ४ करोड २९ लाख ६ सय ८९ जना कोरोना भाइरसका संक्रमित निको भएका छन् । विश्व स्वास्थ्य संगठनले जनाएअनुसार विश्वभरमा हाल कोरोना संक्रमितको संख्या ६ करोड २१ लाख १० हजार ६ सय ६७ पुगेको छ । हालसम्म कुल सङ्क्रमितमध्ये १४ लाख ५१ हजार ७ सय ८७ जनाको मृत्यु भएको छ ।

विश्वभर अहिलेपनि १ करोड ७७ लाख ५८ हजार १ सय ९१ संक्रमित सक्रिय अवस्थामै रहेका छन् । ती मध्ये १ लाख ५ हजार २ सय ६३ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरुले जनाएका छन् । यसैगरी, १ करोड ७६ लाख ५२ हजार ९ सय २८ जनामा मध्यमस्तरको संक्रमण रहेको छ । अमेरिकामा अहिलेसम्म १ करोड ३४ लाख ५४ हजार ३ सय ४६ जना संक्रमित भएका छन् भने २ लाख ७१ हजार २९ जनाको मृत्यु भएको छ ।

पछिल्लो विवरण अनुसार, भारतमा ९३ लाख ५१ हजार २ सय २४ जना संक्रमित हुँदा १ लाख ३६ हजार २ सय ३८ जनाको मृत्यु भएको छ । त्यसैगरी ब्राजिलमा अहिलेसम्म ६२ लाख ३८ हजार ३ सय ५० जना संक्रमित भएका छन् भने १ लाख ७१ हजार ९ सय ९८ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू