अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५५ | Colorodo: 21:10

विश्वभर ४ करोड १२ लाख ८४ हजार ७ सय कोरोना संक्रमित उपचारपछि निको

बिआरटीनेपाल २०७७ मंसिर ९ गते ६:३३ मा प्रकाशित

विश्वभर हालसम्म ४ करोड १२ लाख ८४ हजार ७ सय ७१ जना कोरोना भाइरसका संक्रमित निको भएका छन् । विश्व स्वास्थ्य संगठनले जनाएअनुसार विश्वभरमा हाल कोरोना संक्रमितको संख्या ५ करोड ९६ लाख ५७ हजार ६४ पुगेको छ । हालसम्म कुल सङ्क्रमितमध्ये १४ लाख ४ हजार ८ सय २६ जनाको मृत्यु भएको छ ।

विश्वभर अहिलेपनि १ करोड ६९ लाख ६७ हजार ४ सय ६७ संक्रमित सक्रिय अवस्थामै रहेका छन् । ती मध्ये १ लाख ३ हजार ६ सय ३१ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरुले जनाएका छन् । यसैगरी, १ करोड ६८ लाख ६३ हजार ८ सय ३६ जनामा मध्यमस्तरको संक्रमण रहेको छ । अमेरिकामा अहिलेसम्म १ करोड २७ लाख ७८ हजार ९ सय २४ जना संक्रमित भएका छन् भने २ लाख ६३ हजार ७ सय जनाको मृत्यु भएको छ ।

पछिल्लो विवरण अनुसार, भारतमा ९१ लाख ७९ हजार ४ सय २५ जना संक्रमित हुँदा १ लाख ३४ हजार २ सय ७३ जनाको मृत्यु भएको छ । त्यसैगरी ब्राजिलमा अहिलेसम्म ६० लाख ८८ हजार ४ जना संक्रमित भएका छन् भने १ लाख ६९ हजार ५ सय ४१ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू