अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२७ | Colorodo: 10:42

अफगानिस्तानमा रकेट आक्रमण – कम्तीमा ८ जनाको ज्यान गयो, ३० जना घाइते

बिआरटीनेपाल २०७७ मंसिर ६ गते ६:१७ मा प्रकाशित

अफगानिस्तानको काबुलमा भएको रकेट आक्रमणमा कम्तीमा आठ जनाको ज्यान गएको छ । अमेरिका र तालिवानबीच वार्ता हुनुभन्दा केही घण्टा पहिले भएको आक्रमणमा परि अन्य ३० जनाभन्दा धेरै घाइते भएका बीबीसीले जनाएको छ ।शनिबार बिहान एउटा आवासीय क्षेत्रमा दुइ वटा कारबाट झण्डै २० वटा मोर्टार आक्रमण भएको अफगानिस्तानको आन्तरिक मन्त्रालयले जनाएको छ । यस आक्रमणमा कैयौँ भवन र वाहन क्षतिग्रस्त भएका छन् ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले कतारको दोहामा तालिवानी वार्ता टोलीसँग भेट्नुअघि काबुलमा आक्रमण भएकोले शान्ति वार्तामाथि शङ्का उत्पन्न भएको छ ।गएको हप्ता अमेरिकी राष्ट्रपति ट्रम्पको प्रशासनले सन् २०२१ को मध्यसम्ममा अफगानिस्तानबाट दुई हजार अमेरिकी सेना फिर्ता लैजाने घोषणा गरेको थियो । यस आक्रमणमा तालिबानले आफ्नो सहभागिता नभएको बताएपछि एक अन्य क्षेत्रीय इस्लामिक गुटमाथि आशङ्का गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू