अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३८ | Colorodo: 10:53

ब्राजिलमा कोभिड संक्रमितको संख्या ६० लाख नाघ्यो

बिआरटीनेपाल २०७७ मंसिर ६ गते ६:१३ मा प्रकाशित

ब्राजिलमा गएको २४ घण्टाभित्र शुक्रबार मात्र ३८ हजार जनाभन्दा बढी नयाँ संक्रमित भेटिएका छन् । सो कुरा यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको समाचारमा जनाइएको छ ।यो सँगै ब्राजिलमा कोभिड १९ का संक्रमितहरुको संख्या ६० लाखभन्दा पनि बढी पुगेको बताइएको छ ।

शुक्रबारसम्मको तथ्यांकअनुसार यहाँको कोभिड १९ का संक्रमितहरुको जम्मा संख्या ६० लाख २० हजार १६४ जना पुगेको बताइएको हो ।उक्त मन्त्रालयका अनुसार यहाँ यो संक्रमणबाट गएको २४ घन्टामा ५५२ जनाको ज्यान गएको छ ।यो सँगै यहाँ १ लाख ६८ हजार ६१३ जनाको ज्यान गएको बताइएको छ ।

शुक्रबार बिहानसम्म यहाँ यो संक्रमणबाट १ लाख ६८ हजार ६१३ जनाको ज्यान गएको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो ।कोरोना भाइरसबाट सबैभन्दा बढी मृत्यु हुनेमा ब्राजिल अमेरिकाछिको देस्रो स्थानमा पर्ने देश हो ।

त्यसैगरी ब्राजिल कोरोना भाइरसका संक्रमित हुनेमा अमेरिका र भारतपछिको तेस्रो देशमा पर्दछ ।पछिल्ला हप्ताहरुमा ब्राजिमा कोभिडका संक्रमितहरुको संख्या दिन प्रतिदिन बढेको पाइएको छ । त्यहाँका अधिकारीहरुले खासगरी साओ पाओलोमा यसका संक्रमितहरु बढी भेटिएका बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू