अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४० | Colorodo: 03:55

“कोरोना संक्रमितलाई ‘रेम्डेसिभिर’ औषधि दिन तुरुन्त बन्द गरौं” – डब्लुएचओ

बिआरटीनेपाल २०७७ मंसिर ६ गते ६:१२ मा प्रकाशित

विश्वका विभिन्न देशले कोरोना संक्रमितको उपचारमा प्रयोग गरिरहेको रेम्डेसिभिर औषधि प्रयोग तत्काल बन्द गर्न विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले आग्रह गरेको छ। डब्लुएचओले रेम्डेसिभिरलाई कोरोना संक्रमणको उपचारमा प्रयोग गरिने औषधिको सूचीबाटै हटाएको हो।

उक्त औषधि कोरोना संक्रमणमा फाइदा पुर्याएको भन्ने कुनै प्रमाण फेला नपरेको डब्लूएचओको दाबी छ। डब्लूएचओले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ः “हाम्रो दिशानिर्देश समितिले सिफारिस गरेबमोजिम रेम्डेसिभिर प्रयोग भइरहेको छ भने अब तुरुन्तै बन्द गर्नुस्। हामीले यो औषधि कोरोना संक्रमतिको उपचारमा प्रभावकारी छ भन्ने कुनै प्रमाण फेला पार्न सकेनौं” ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू