अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२९ | Colorodo: 19:44

भारतको उत्तर प्रदेशमा विषाक्त रक्सी पिउँदा ६ जनाको ज्यान गयो, १५ जना बिरामी

बिआरटीनेपाल २०७७ मंसिर ६ गते ६:१० मा प्रकाशित

भारतको उत्तर प्रदेश राज्यमा विषाक्त रक्सी पिउँदा ६ जनाको ज्यान गएको छ । त्यस्तै अरू १५ जना गम्भीर बिरामी भएका छन् ।प्रयागराज जिल्लामा भएको घटनामा बिरामी भएकाहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको बीबीसीले जनाएको छ । प्रहरीले विषाक्त रक्सी बिक्रेतासहित तीन जनालाई पक्राउ गरेको छ । घटनाको थप अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ ।

बिहीबार बेलुकी एक पसलबाट रक्सी किनेर लगेकाहरू रक्सी पिएपछि बिरामी परेका थिए । बिहीबार नै एक जनाको ज्यान गएको तथा हिजो र आज गरी मृतकको सङ्ख्या ६ पुगेको खबरमा उल्लेख छ । एक हप्ताअघि पनि उत्तर प्रदेशको राजधानी लखनउमा विषाक्त रक्सी पिएका ६ जनाको ज्यान गएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू