अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३५ | Colorodo: 14:50

फाइजर र बायोटेकले तयार पारेको कोरोना भाइरसविरुद्धको खोप दर्ता

बिआरटीनेपाल २०७७ मंसिर ६ गते ६:०६ मा प्रकाशित

फाइजर र जर्मन पार्टनर बायोटेकले तयार पारेको कोरोना भाइरसविरुद्धको खोप आपतकालीन प्रयोगका लागि आधिकारिकता पाउन दर्ता गराएका छन् ।दर्तासँगै अब अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेशन एफडिएले यो खोप कतिको प्रभावकारीतका बारेमा निर्णय दिने जनाइएको छ ।

यता फाइजर र बायोटेकले भने आफूले तयार पारेको खोप सुरक्षित भएको दाबी गर्दै एफडिएले आगामी महिनाको पहिलो सातामा नै स्वीकृति दिने जनाएका छन् । फाइजरका कार्यकारी निर्देशक अल्बर्ट बउराले भने आपतकालीन प्रयोगका लागि फाइल गर्नुको उद्देश्य यो खोप बिश्वब्यापी माइलस्टोनका रुपमा पु¥याउनु रहेको जनाउनु भएको छ ।

यसअघिको परीक्षणमा यो खोप ६५ वर्ष भन्दा माथिका उमेर समूहमा ९५ प्रतिशतसम्म प्रभावकारी रहेको देखाएको थियो । यसबीच बेलायतले ४० करोड डोज खोप अर्डर गरिसकेको छ जुन यही वर्षको अन्त्यसम्ममा १० करोड डोज प्राप्त गर्ने निश्चित भइसकेको छ ।

फाइजर र बायोटकले संयुक्त रुपमा तयार पारेको कोरोना विरुद्धको खोपले सुरुमा केही साइड इफेक्टहरु गराएपछि ९५ प्रतिशत सुरक्षित रहेको बताइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू