अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१८ | Colorodo: 14:33

कोरोना संक्रमण बढ्दै गएपछि युरोपभर कडाई गर्ने तयारी

बिआरटीनेपाल २०७७ कार्तिक २९ गते २१:४३ मा प्रकाशित

कोरोना भाइरस संक्रमणको नयाँ लहर बढ्दै गएपछि युरोपेली देशहरुले रोकथाम र नियन्त्रणका लागि थप कडाई गर्न थालेका छन् ।युरोपका आधा दर्जन मुलुक अहिले पूर्ण लकडाउनको अवस्थामा छन् । अष्ट्रियाले पनि यही मंगलबारदेखि डिसेम्बर ६ सम्मका लागि देशभर पूर्ण लकडाउन घोषणा गरेको छ ।

डिसेम्बरको अन्तिम साता क्रिष्टमस पर्वका लागि केही खुकुलो गराउन सकिन्छ कि भनेर युरोपेली देशहरु अहिले कडा लकडाउनमा रहेका छन् । नयाँ लकडाउन घोषणा गर्दै अष्ट्रियाका चान्सलर सेबास्टियन कुर्जले घर परिवारबाहिरका कसैसँग पनि नभेट्न आफ्ना नागरिकलाई अपिल गर्नुभएको छ ।

अष्ट्रियामा गत शुक्रवार अहलेसम्मकै उच्च दैनिक संक्रमितको संख्या ९ हजार ५ सय ८६ पुगेको थियो । अष्ट्रियामा हालसम्म १ सय ९१ हजारभन्दा बढीलाई कोरोना संक्रमण भईसकेको छ । संक्रमणकै कारण १६ सय ६१ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू