अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४४ | Colorodo: 08:59

भारत विहारमा भाजपा–जेडीयू गठबन्धनलाई पूर्ण बहुमत, नितिशकुमार फेरि मुख्यमन्त्री बन्दै

बिआरटीनेपाल २०७७ कार्तिक २६ गते ६:०८ मा प्रकाशित

भारतको बिहार राज्य विधानसभा निर्वाचनमा भारतीय जनता पार्टी र जनतादल युनाइटेडसहितको गठबन्धनले पूर्ण बहुमत प्राप्त गरेको छ । २ सय ४३ विधानसभा सीटका लागि भएको निर्वाचनमा एनडीएले १ सय २५ सीट जितेको छ ।भाजपाले ७५ र जेडयूले ४३ सीट जितेको छ । विहारमा सरकार बनाउन १ सय २२ सीटको बहुमत आवश्यक पर्छ ।

यो जीतसंगै गठबन्धनले मुख्यमन्त्री रुपमा अघि सारेको नितिशकुमार फेरि मुख्यमन्त्री बन्ने निश्चित भएको छ ।एनडीएको प्रतिस्पर्धी पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवको आरजेडी र कांग्रेसलगायतको महागठबन्धनले भने १ सय १० सिट हात पारेको छ ।

महागठबन्धनको नेतृत्व गरेको आरजेडीले ७५ सीट जितेको छ । यो गठबन्धनले लालुका छोरा तेजस्वी यादबलाई मुख्यमन्त्रीका रुपमा अघि सारेको छ । कोराना महामारीका बीच तीन चरणमा निर्वाचन भएको थियो । निर्वाचनमा ५७ प्रतिशत भन्दा बढी मत खसेको थियो । निर्वाचनपछि गरिएका सर्भेक्षणहरुले तेजश्वी नेतृत्वको महागठबन्धनले बहुमत ल्याउने प्रक्षेपण गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू