अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४३ | Colorodo: 17:58

फ्रान्समा पुनः राष्ट्रब्यापी लकडाउन, पहिलेभन्दा कडा बनाइने

बिआरटीनेपाल २०७७ कार्तिक १३ गते ७:१८ मा प्रकाशित

फ्रान्समा कोरोना भाइरसको महामारी पुनः बढ्न थालेपछी राष्ट्रब्यापी लकडाउन गरिएको छ ।राष्ट्रपति इमानुएल म्याक्रोंले टेलिभिजनमार्फत देशबासीका नाममा सम्बोधन गर्दै आगामी दुई साताका लागि राष्ट्रिय लकडाउन लागू गरिएको घोषणा गर्नुभयो ।लकडाउन लागू भएसंगै मानिसहरु स्वास्थ्य सम्बन्धि कामबाहेक घरबाट बाहिर निस्कन पाउने छैनन् । ब्यापार ब्यबसायहरु पुर्णरुपमा बन्द रहने छन, रेष्टुराँ र होटलहरु खोल्न प्रतिबन्ध लगाइएको छ ।

यद्यपि बिद्यालय र कारखानाहरु भने पुर्णरुपमा संचालन हुनेछ । राष्ट्रपति म्याक्रोंले फ्रान्समा लागू गरिएको यो दोस्रो चरणको लकडाउन पहिलो भन्दा कडा हुने भन्दै सबै नागरिकलाई नियम पालना गर्न अपील समेत गर्नुभएको छ ।अहिलेको समय कोरोना भाइरससंग जुध्नु पर्ने बताउँदै उहाँले कोभिडका कारण देश संकटमा परेको बताउनुभयो ।

हजारौं संक्रमितहरु सडकमा खुलेआम हिडेका कारण पनि संक्रमण दर दिनानुदिन उच्च गतिमा फैलिरहेकाले नियन्त्रणका लागि लकडाउन नै उत्तम उपाय भएको बताउँदै उहाँले यसमा जनताले साथ दिने बिश्वास समेत ब्यक्त गर्नुभयो ।फ्रान्समा पछिल्लो २४ घण्टामा ४० हजाराको हाराहारीमा नयाँ संक्रमित थपिनुका साथै थप २ सय ४४ जनाको मृत्यु भएको छ ।

हालसम्म संक्रमितको संख्या १२ लाख ३५ हजार १ सय बढी पुगेको छ । कोरानाका कारण त्यहाँ ३५ हजार ७ सय ८५ बढीको मृत्यु भइसकेको छ ।युरोपेली राष्ट्रहरुमा कोरोना संक्रमणको दोश्रो लहर शुरु भएको बिश्व स्वास्थ्य संगठन डब्ल्युएचओले जनाएको छ ।

स्पेन, जर्मनी, बेल्जिम लगाएतका मुलुकहरुले संकटकालको घोषणा गरिसकेका छन् । स्विट्जरल्याण्डका अधिकांश प्रान्तका अस्पतालहरु कोभिडका बिरामीले भरिभराउ भएपछि नयाँ संक्रमितहरुलाई भर्ना लिन असमर्थ भएको सुचना जारी गरिसकेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू