अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५३ | Colorodo: 04:08

विश्वभर ३ करोड ४ लाख २ हजार कोरोना संक्रमित उपचारपछि निको

बिआरटीनेपाल २०७७ कार्तिक ४ गते ६:४६ मा प्रकाशित

विश्वभर हालसम्म ३ करोड ४ लाख २ हजार ७ सय ३३ जना कोरोना भाइरसका संक्रमित निको भएका छन् । विश्व स्वास्थ्य संगठनले जनाएअनुसार विश्वभरमा हाल कोरोना संक्रमितको संख्या ४ करोड ७ लाख २९ हजार ५ सय २८ पुगेको छ । हालसम्म कुल सङ्क्रमितमध्ये ११ लाख २४ हजार २ सय ८८ जनाको मृत्यु भएको छ ।

विश्वभर अहिलेपनि ९२ लाख २ हजार ५ सय ७ जना संक्रमित सक्रिय अवस्थामै रहेका छन् । ती मध्ये ७२ हजार ८ सय ८५ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरुले जनाएका छन् । यसैगरी, ९१ लाख २९ हजार ६ सय २२ जनामा मध्यमस्तरको संक्रमण रहेको छ । अमेरिकामा अहिलेसम्म ८४ लाख ५९ हजार ४१ जना संक्रमित भएका छन् भने २ लाख २५ हजार २ सय ४१ जनाको मृत्यु भएको छ ।

पछिल्लो विवरण अनुसार, भारतमा ७६ लाख १ सय २५ जना संक्रमित हुँदा १ लाख १५ हजार २ सय ६७ जनाको मृत्यु भएको छ । त्यसैगरी ब्राजिलमा अहिलेसम्म ५२ लाख ५१ हजार १ सय २७ जना संक्रमित भएका छन् भने १ लाख ५४ हजार २ सय २६ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू