अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२४ | Colorodo: 16:39

इंग्लीश प्रिमियर लिग –म्यान्चेस्टर सिटीद्वारा आर्सनल पराजित

बिआरटीनेपाल २०७७ कार्तिक २ गते ७:१३ मा प्रकाशित

इंग्लीश प्रिमियर लिग फुटबलमा गएराति म्यान्चेस्टर सिटीले आर्सनललाई १–० ले हराएको छ । दुई बलिया टोलीबीचको भिडन्तमा सिटीलाई विजयी गराउन राहिम स्टर्लीङले निर्णायक गोल गरे । सम्पन्न अर्को खेलमा म्यान्चेस्टर युनाईटेडले न्युकासल युनाईटेडलाई ४–१ ले पाखा लगाएको छ ।

यसैगरी तालिकाको शिर्ष स्थानमा रहेको एभर्टनले साविक विजेता लिभरपुललाई २–२ गोलको बराबरीमा रोक्दा चेल्सी पनि साउथह्याम्पटनसँग ३–३ गोलको बराबरीमा रोकिएको छ ।गएरातिका खेलहरुपछि इंग्लीश प्रिमियर लिग फुटबलको अंक तालिकामा ५ खेलबाट १३ अंक जोडेको एभर्टन शिर्ष स्थानमा छ ।

दोस्रो स्थानको लिरभपुलको १० अंक छ भने ३ खेलबाट ९ अंक जोडेको एस्टन भिल्ला तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू