अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०७ | Colorodo: 01:22

भारतमा कोभिड–१९ संक्रमितको संख्या ७४ लाख ३२ हजार नाघ्यो

बिआरटीनेपाल २०७७ कार्तिक १ गते ७:२१ मा प्रकाशित

भारतमा शनिबार कोरोनाभाइरस (कोभिड(१९) संक्रमितको संख्या ७४ लाख ३२ हजार नाघेको छ । शनिबार सााझ सम्म भारतमा कोरोना संक्रमितको संख्या ७४ लाख ३२ हजार ६८० भएको छ । यस संक्रमणबाट ज्यान गुमाउने व्यक्तिको संख्या एक लाख १३ हजार ३२ पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा गत २४ घन्टामा ६५ हजार १२६ जनामा थप संक्रमण देखिएको र कोरोना संक्रमणको कारण ८८२ जनाको मृत्यु भएको छ । अझैपनि भारतभरि सात लाख ९५ हजार ५३ व्यक्ति सक्रिय संक्रमित रहेका छन् ।कोरोनाको संक्रमण देखापरेयता हालसम्म ६५ लाख २४ हजार ५९५ जना संक्रमित व्यक्तिहरु कोरोनाभाइरसमुक्त भएका छन् । संक्रमणमुक्त भएकाहरुको संख्यामा भारत अग्रस्थानमा रहेको छ ।

कोरोनाको संक्रमण देखापरेयता भारतमा ९ करोड ३२ लाख ५४ हजार १७ व्यक्तिलाई कोरोनाभाइरस भएको या नभएको परीक्षण गरिएको भारतीय मेडिकल रिसर्च काउन्सिल (आइसीएमआर)ले जानकारी दिएको छ ।

1209431465

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू