अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३९ | Colorodo: 08:54

अजरबैजानको गान्जामा अर्मेनियाद्वारा मिसाइल आक्रमण, कम्तीमा १२ को मृत्यु, ४० भन्दा बढी घाइते

बिआरटीनेपाल २०७७ कार्तिक १ गते ७:१९ मा प्रकाशित

अर्मेनियाले गरेको आक्रमणमा आफ्ना १२ जना नागरिक मारिएको अजरबैजानले जानकारी दिएको छ । शनिबार अर्मेनियाले अजरबैजानको दोस्रो ठूलो सहर गान्जालाई लक्षित गरी गरेको मिसाइल आक्रमणमा २ जना बालबालिकासहित १२ जना सर्वसाधारणको मृत्यु भएको अजरबैजानले जनाएको छ ।

आक्रमणमा परी ४० जनाभन्दा बढी घाइते भएको अजरबैजानका अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । अर्मेनियाले सहरमा रहेको अपार्टमेन्टमा आक्रमण गरेको समाचारमा उल्लेख छ । अर्मेनियाका तर्फबाट भने अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।

अजरबैजानका राष्ट्रपतिका सहयोगी हिक्मत हाजियभले ट्वीट गर्दै अहिले आक्रमणबाट ध्वस्त भएका भवनका भग्नावशेषहरुबाट मानिसहरुको उद्धार भइरहेको बताउनुभएको छ । साथै उहाँले अर्मेनियाले गरेको ‘राज्य आतंकको नीति’ बन्द हुनुपर्ने प्रतिक्रिया दिनुभयो । प्रारम्भिक जानकारीअनुसार अर्मेनियाको आक्रमणबाट गान्जामा २० भन्दा बढी घरहरु ध्वस्त भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू