अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१२
| Colorodo: 23:27
विश्वभर कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ११ लाख नाघेको छ ।विश्वभर ३ करोड ९२ लाख ५१ हजारमा कोरोना पुष्टि भएकोमा ११ लाख ४ हजारको ज्यान गएको वल्ड्रोमिटरले जनाएको छ । जसमध्ये २ करोड ९४ लाख २१ हजार निको भएका छन् । अहिले ८७ लाख २५ हजार सक्रिय सङ्क्रमित रहेकामा एक प्रतिशत अर्थात साढे ७० हजार ३ सय ३५ को अवस्था जटिल रहेको र बाँकी ८६ लाख ५४ हजारको अवस्था सामान्य रहेको वल्ड्रोमिटरले जनाएको छ ।
अहिलेसम्म अमेरिकामा सबैभन्दा धेरै ८२ लाख १९ हजार बढी मानिसमा कोरोना पुष्टि भएको छ । जसमध्ये २ लाख २२ हजार ७ सयको ज्यान गएको छ । यस्तै भारतमा ७३ लाख ७२ हजार ३ सयमा सङ्क्रमण पुष्टि हुँदा १ एक लाख १२ हजार २ सयको ज्यान गएको छ । ५१ लाख ७० हजार ९ सयमा सङ्क्रमण पुष्टि भएको ब्राजिलमा १ लाख ५२ हजार ५ सयको ज्यान गइसकेको वल्ड्रोमिटरले जनाएको छ ।