अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३० | Colorodo: 18:45

कोरोना सन्त्रास र बिश्व

रुद्र दाहाल, क्यालगरी, क्यानाडा २०७७ असोज २९ गते ११:३३ मा प्रकाशित

कविता

करिब बर्ष भैसक्यो अब त
सिथिल उस्तै बन्या छ जगत,
आशै आशमा दिन काट्दै जाने हो
कोरोनले सर्बस्वै लाँने भो ।।

बिश्व चाहार्दै सबैलाई सतायो
धनि गरिब भेदभाब हटायो,
बिज्ञानलाई चुनौती दिएर
अर्थतन्त्र हातमा लिएर ।।

इतिहासै रचेर जाने भो
शक्तिलाई चुनौती दिने भो,
यो रहस्य कसैले बुझेन
शक्ति सामु कोराना झुकेन ।।

फरक युद्ध लड्दै छ मानब
कस्तो रहेछ कोरोना दानब,
संसारलाई रुवायो एकैसाथ
बिजयको पहिरियो शीरमा ताज ।।

अझै कति सताउला थाहा छैन
खोपको अझै निर्क्योल भाछैन
खेलाँची चांही नगरौ भुलेर
रोकथाम गरौ सबैले मिलेर।
रोकथाम गरौ सबैले मिलेर ।।

प्रतिक्रिया