अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०५ | Colorodo: 23:20

भारतमा भीषण वर्षा, कम्तीमा २० जनाको मृत्यु

बिआरटीनेपाल २०७७ असोज २८ गते ७:११ मा प्रकाशित

भारतको आन्ध्र प्रदेश र तेलंगनामा भीषण वर्षासंगै आएको बाढीमा कम्तीमा २० जनाको मृत्यु भएको छ । बाढीका कारण नदीको सतह बढेकाले पानी बस्तीसम्म प्रवेश गरेपछी कैयौं घरहरु डुबानमा परेका छन् । भीषण बर्षापछी ठाउँ ठाउँमा पहिरो समेत गएका कारण आन्द्र प्रदेशका थुप्रै घरहरु पुरिएका छन् ।

बर्षाका कारण हैदराबादका अधिकांश घरहरुमा पानी पसकेका सयौं मानिसहरुलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।हिजो दिउँसोदेखि भीषण वर्षा हाल सम्म पनि रोकिएको छैन भने भारी बर्षा अझै केही दिनसम्म रहने त्यहाँका मौसमबिदहरुले जनाएका छन् ।

हैदराबादमा पछिल्लो २० वर्षमा यो नै सबैभन्दा भीषण वर्षा भएको बताईएको छ । बर्षाका कारण यातायात सेवा समेत ठप्प हुनुका साथै बिजुली आपूर्ती समेत बन्द भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू