अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३९ | Colorodo: 16:54

दुवै कोरियाबीचको विवाद समाधानका लागि दक्षिण कोरियाको आह्वान

बिआरटीनेपाल २०७७ असोज २६ गते ७:५५ मा प्रकाशित

दक्षिण कोरियाले दुवै कोरियाबीचको विवाद समाधानका लागि तत्काल वार्तामा बस्न उत्तर कोरियालाई आग्रह गरेको छ ।लामो समयदेखि विवादमा रहेको कोरियाली प्रायद्वीपको विवाद समाधानका लागि दक्षिणले उत्तरसामु स्थायी शान्तिका लागि वार्ताको आह्वान गरेको हो ।दक्षिण कोरियाको परराष्ट्र मन्त्रालयले उपयुक्त परिस्थिति सिर्जना हुने बित्तिकै अन्तर कोरियाली सम्बन्धको पुर्नस्थापनका लागि पुनः वार्तामा बस्ने जनाएको छ ।

मन्त्रालयले सेप्टेम्बरमा कोरियाली प्रायद्वीपमा दक्षिण कोरियाका राष्ट्रपति मुन जाइनको युद्ध विरामको घोषणाको प्योङयाङको प्रतिक्रिया पर्खिएको बताएको छ ।उक्त वार्ताले कोरियाली प्रायद्वीपको स्थिर व्यवस्थापन र अन्तर्राष्ट्रिय समुदायसँगको सम्बन्ध थप मजबुद बनाउने प्रयास जारी रहने दक्षिले जनाएको छ ।कोरियाली सत्तारुढ मजदुर पाटीको ७५ औं वार्षिकोत्सव मनाउने क्रममा उत्तरले अहिलेसम्मकै सबैभन्दा ठूलो सैन्य परेड र आणविक अस्त्र परीक्षणका लागि प्रदर्शन गरेपछि दक्षिण कोरियाले वार्ताक लागि पुनः आग्रह गरेका अन्र्ताष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

उत्तर कोरियाले सैन्य शक्ति प्रदर्शन गरेलगत्तै दक्षिण कोरियाका उच्च अधिकारीहरुले उक्त कार्यक्रमको समिक्षा गरेका थिए । बैठकमा सहभागीहरुले कोरियाली प्रायद्वीपमा सशस्त्र संघर्ष र युद्ध रोक्न अन्तर कोरिया सम्बन्ध सुधारका लागि वार्ता जारी राख्नुपर्नेमा जोड दिएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू