अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०५ | Colorodo: 06:20

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इङ्ल्याण्ड विजयी, वेल्स ३–० ले पराजित

बिआरटीनेपाल २०७७ असोज २३ गते ७:३२ मा प्रकाशित

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इङ्ल्याण्डले वेल्समाथि सहज जित निकालेको छ ।गएराति वेम्वलीमा भएको खेलमा इङ्ल्याण्डले वेल्समाथि ३–० को जित निकालेको हो । डोमिनिक कल्भर्ट लेविन डेब्यु खेलमा गोल गरे । उनले यस सिजनमात्र १० गोल पूरा गरेका छन् । प्रिमियर लिगमा फर्ममा देखिएका फरवार्डले एभर्टनबाट ९ गोल गरिसकेका छन् ।

२६ औं मिनेटमा गोल गर्दै कल्भर्टले इङ्ल्याण्डलाई अग्रता दिलाएका थिए । कोनोर कोएडीले ५३ औं मिनेटमा इङ्ल्याण्डको अग्रता दोब्बर बनाउने काम गरे ।डेनी इग्सले ६३ औं मिनेटमा गोल गर्दै इङ्ल्याण्डलाई सहज जित दिलाए । इङ्ल्याण्ड पछिल्ला ८ खेलमा वेल्ससँग अपराजित छ । यस्तै गएराति नै भएका अन्य खेलमा इरानले उज्वेकिस्तान तथा स्वीडेनले रुसलाई समान २–१ ले पराजित गरे । यस्तै दक्षिण अफ्रिका र नामिबिया तथा बेल्जियम र आइभरी कोस्टले १–१ को बराबरी खेलेका छन् ।

प्रतिक्रिया