अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५९ | Colorodo: 13:14

एनआरएनएको भर्चुअल ज्ञानसीप सम्मेलन शुक्रबारदेखि शुरु

बिआरटीनेपाल २०७७ असोज २३ गते ७:१३ मा प्रकाशित

गैह्र आवासिय नेपाली संघ (एनआरएनए) को तीन दिने ज्ञानसीप सम्मेलन शुक्रबारबाट सुरु भएको छ । विश्वभर छरिएर रहेका नेपालीहरुको ज्ञान र सीपलाई नेपाल भित्र्याउने उद्देश्य सहित एनआरएनएले भर्चुअल माध्यमबाट सम्मेलन आयोजना गरेको हो ।सम्मेलनलाई सम्बोधन गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्बाङ्ले संसारभर छरिएर रहेका एनआरएनहरुको ज्ञान र सीपलाई नेपालमा भित्र्याउन आग्रह गर्नुभयो ।

उहांले पछिल्लो समय कोरोना महामारीका कारण अर्थतन्त्रमा चुनौति रहेकोले पनि देशको आर्थिक विकासका लागि सबै गैह्रआवासिय नेपालीको साथ आवश्यक रहेको बताउनुभयो ।मन्त्री नेम्बाङले वैदेशिक लगानीका लागि सरकारले कानून निर्माण गरिसकेकाले लगानी भित्र्याउन योगदान गर्नपनि आग्रह गर्नुभयो ।

कार्यक्रममा सहभागि भएका गैह्र आवासीय नेपालीहरुले सम्मेलनमार्फत विज्ञहरुको ज्ञान, सीप र अनुभवलाई नेपालको उद्यम सिर्जना र नीति निर्माण जस्तो काममा लगाउन सहयोग पुग्ने बताएका छन् । देशबाहिर रहेका नेपालीहरु विभिन्न क्षेत्रको विशेषज्ञको रुपमा विश्वस्तरका परियोजना र कम्पनीहरुमा काम गरिरहेको भएपनि तीनको पहिचान हुन नसक्दा नेपालमा ती सीप र ज्ञान भित्रिन नसकेकाले त्यसको उजागर गर्ने समेत सम्मेलनको उद्देश्य रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू