अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५५ | Colorodo: 23:10

फिनल्यान्डमा १६ वर्षीया किशोरी बनिन् एकदिने प्रधानमन्त्री

बिआरटीनेपाल २०७७ असोज २२ गते ७:१९ मा प्रकाशित

लैंगिक समानताको सूचीमा फिनल्यान्ड प्रायः शीर्ष देशमा पर्दछ । तर, प्रधानमन्त्री सन्ना मरिनले लैंगिक भिन्नता अन्त्यका निम्ति लड्न थप कदम उठाउनुभएको छ । उहाँले १६ वर्षीया एक किशोरीलाई आफ्नो पद एक दिनका लागि हस्तान्तरण गर्नुभएको छ । अभा मुर्तोले सो अवसर पाउनुभएको हो ।

मुर्तोले बुधबार दिनभरि राजनीतिकर्मीहरुसित बैठक गर्नुभयो जसमा प्रविधिमा महिला अधिकारको विषयमा जोड दिइएको थियो ।संयुक्त राष्ट्रसंघको बालिका दिवसका अवसरमा किशोरीलाई उक्त जिम्मेवारी दिइएको हो । जुन विश्वव्यापी एउटा अभियानको हिस्सा थियो ।

मुर्तोले त्यसलाई ‘उत्साहजनक दिन’ भएको प्रतिक्रिया दिनुभएको छ । उहाँ जलवायु परिवर्तन र मानवअधिकारसम्बन्धी मुद्दाहरुमा सक्रिय अभियन्ता हुनुहुन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू