अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४९ | Colorodo: 01:04

एलेक्स आँधीका कारण दक्षिणी फ्रान्स तथा उत्तरी इटालीको जनजीवन प्रभावित

बिआरटीनेपाल २०७७ असोज १८ गते १:२० मा प्रकाशित

समूद्री आँधी एलेक्सका कारण फ्रान्स र इटालीका तटीय क्षेत्रको जनजीवन प्रभावित भएको छ। कम्तीमा दुईजनाको ज्यान गएको छ भने अरु कम्तीमा २५ जना बेपत्ता भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

एलेक्स आँधी दक्षिणी फ्रान्स तथा उत्तर–पश्चिमी इटालीको तटीय क्षेत्रमा ठोक्किएको हो। आँधीका कारण ठूलो पानी पर्दा सो क्षेत्रका धेरै गाउँहरुमा गम्भीर भौतिक क्षति भएको छ ।फ्रान्सको दक्षिणी क्षेत्र निसका दर्जनौँ गाउँमा धेरै घरहरु प्रभावित भएका छन्। बाढीले घरहरु डुबेका छन्।

यस्तै इटालीको उत्तरी क्षेत्रमा बाटो तथा पुलहरु बगाएको छ । नदीहरुमा पानीको बहाव उच्च भएको जनाइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू