अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०० | Colorodo: 00:15

साउदीले दियो १०५८ जना नेपाली श्रमिकलाई बहिर्गमन भिसा

बिआरटीनेपाल २०७७ असोज १६ गते १:५० मा प्रकाशित

साउदी सरकारले एक हजार ५८ जना गैरकानुनी नेपाली श्रमिकलाई बहिर्गमन भिसा दिएको छ ।साउदीको विभिन्न कम्पनी, प्रतिष्ठानहरुमा कार्यरत श्रमिकलाई साउदीको आवासीय अनुमति पत्र अकामा नबनाइदिएका वा नवीकरण नगरिदिएका नेपालीलाई स्वदेश फिर्तीमा सहजीकरण गर्दै साउदी सरकारले बहिर्गमन भिसा दिएको हो ।

साउदीमा रहेको नेपाली दूतावास अकामा नबनाइएका, नवीकरण नगरिएकाहरुको स्वदेश फिर्तीका लागि आवश्यक बहिर्गमन भिसाका लागि साउदी सरकारलाई गरेको अनुरोध अनुसार नै साउदीले बहिर्गमन भिसा दिएको हो । ​बहिर्गमन भिसा नहुँदा घर फर्कन नपाएका श्रमिकको विवरण लिएर दूतावासले बहिर्गमन भिसाका लागि अनुरोध गरेको हो ।

यस भिसाका लागि दूतावासमा झुठो विवरण दिएर बहिर्गमन भिसाका लागि पेश गरेमा र दूतावासको सिफारिस अनुार बहिर्गमन भिसा लागेमा यसबाट सिर्जना हुने समस्याका लागि सम्बन्धित व्यक्ति स्वयम नै जिम्मेवार हुनुपर्ने दूतावासले जनाएको छ । बहिर्गमन भिसा लागेकाले भने स्वदेश फिर्तीका लागि तयारी गर्न दूतावासले अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू