अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३४ | Colorodo: 08:49

जापानमा सुरक्षा बजेट बढाउने, सैन्य शक्ति बिस्तार गर्ने तयारी

बिआरटीनेपाल २०७७ असोज १५ गते १:२८ मा प्रकाशित

जापानका रक्षामन्त्री तारो कोनोले आगामी वर्ष ८ दशमलव ३ प्रतिशतले बजेट वृद्धि गर्ने बताउनुभएको छ ।दुई दशक यता सबैभन्दा बढी बजेट सुरक्षा क्षेत्रमा छुट्याउन लागिएको हो ।

उत्तर कोरिया र चीनले सुरक्षा क्षेत्रमा गएको प्रगतीले असुरक्षा महसुस भएको भन्दै जापानले आगामी वर्ष सुरक्षा क्षेत्रमा बजेट वृद्धि गर्ने तयारी गरेको हो ।न्यूक्लियर, साइबर सुरक्षा र अन्तरिक्ष तथा आणविक अस्त्र निर्मणका लागि उक्त बजेट खर्च गरिने बताइएको छ ।

तर उक्त प्रस्तावलाई जापानको संसदले अनुमोदन गर्नुपर्छ । जापानले सुरक्षाका लागि छुट्याएको बजेटले आणविक सुरक्षाका लागि चुनौती थपिएको सरोकारवालाहरुले बताएका छन् ।

जापानले पूर्वी एसियामा आफ्नो प्रभाव जमाउनका लागि सैन्य शक्ति बिस्तार गर्न लागेको अन्तर्राष्ट्रिय सञ्चारमध्यमहरुले जनाएका छन् । पछिल्लो समय ताइवान र जापानबीच सीमा विवाद बढीरहेका बेला जापानले सुरक्षा बजेट बढाएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू