अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३१ | Colorodo: 22:46

भारत र चीनबीच पटक पटक भएका वार्ता निष्कर्षविहीन, एकअर्काबीचका आशंका कायमै

बिआरटीनेपाल २०७७ असोज १५ गते ०:५९ मा प्रकाशित

भारत र पाकिस्तानबीच पटक पटक भएका वार्ता निष्कर्षविहीन भएका छन् ।  सीमा समस्या समाधानका लागि पाँचै चरणमा भएको कुटनीतिक वार्तामा पनि ठोस सहमति नभएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । सीमा समस्या समाधानका लागि दुवै देशले गठन गरेका कार्यदलले पटक पटक छलफल गरेपनि समस्या समाधानका लागि ठोष एजेण्डा तय हुन नसकेको बताइएको छ ।

तनाव जारी भएपनि चीनले विवादास्पद सीमा क्षेत्रबाट आफ्ना सुरक्षाकर्मी फिर्ता नबोलाउने अडान लिएको छ । मस्कोमा यसअघि भएका सहमतिपछि पटक पटक छलफल भएपनि परिणाम भने नआएको भारतीय कुटनीतिक अधिकारीहरुले बताएका छन् ।

पछिल्ला छलफलमा लद्दाखमा भएका घटनाको बारेमा दुवै पक्षबीच समीक्षा भएको समाचारमा जनाइएको छ । गत सेप्टेम्बर २१ मा दुवै देशका वरिष्ठ सैन्य अधिकारीहरुबीच सीमाको तनाव कम गर्न थप सुरक्षा दस्ता नबढाउने सहमति भएको थियो । तर उक्त सहममति विपरीत चीनले आफ्ना गतिविधि कायमै राखेको भारतीय पक्षको आरोप छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू