अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४४ | Colorodo: 06:59

पाकिस्तानका सबै शैक्षिक संस्था सूचारु

बिआरटीनेपाल २०७७ असोज १४ गते ६:५४ मा प्रकाशित

कोरोनाभाइरसको महामारी फैलिएपछि बन्द भएका पाकिस्तानका सबै शैक्षिक संस्था सूचारु हुन थालेका छन् । सरकारी अधिकारीहरुले झण्डै ६ महिनापछि आज देखि सबै शैक्षिक संस्था सञ्चालन गर्न थालिएको जानकारी दिएका छन् । पाकिस्तानमा कोरोनाका कारण अहिलेसम्म झण्डै तीन लाख मानिस सङ्क्रमित भएका छन् । सञ्चालन हुन थालेका विद्यालयमा सरकारी तथा निजी दुवै प्रकारका विद्यालय रहेको छ ।

विद्यालय सञ्चालनका क्रममा स्वास्थ्य सतर्कतासम्बन्धी मापदण्ड पलनामा भने अत्यन्त कडाइ गरिएको छ । त्यसैगरी मापदण्ड पर्याप्त रुपमा पालना भएको वा नभएको बारेमा अनुगमन गर्न विभिन्न संयन्त्र पनि परिचालन गरिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू