अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०२ | Colorodo: 01:17

नेदरल्याण्डसमा पहिलो पटक सर्वसाधारणलाई मास्क लगाउनुपर्ने नियम लागु

बिआरटीनेपाल २०७७ असोज १३ गते ६:२१ मा प्रकाशित

युरोपेली देश नेदरल्याण्डसमा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि पहिलोपटक सर्वसाधारणलाई किनमेलका लागि पसल जाँदा मास्क लगाउनु पर्ने नियम लागु भएको छ । नेदरल्याण्डसका तीन ठूला शहरका बासिन्दालाई मंगलबारदेखि पसल जाँदा मास्क लगाउन भनिएको हो ।छिमेकी देशको तुलनामा नेदरल्याण्डसमा हालसम्म कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि मास्क लगाउनु पर्नेसहितका प्रतिबन्धात्मक उपायहरु अधिकांश रुपमा लागु गरिएको थिएन। तर पछिल्ला दिनहरुमा संक्रमण निरन्तर बढ्दै गएपछि मास्क लगाउनु पर्ने नियम लागु भएको हो।

यो हप्ता नेदरल्याण्डसमा हरेक दिन झण्डै तीन हजार मानिसमा संक्रमण पुष्टि हुँदै आएको छ। एक करोड ७० लाख जनसंख्या रहेको नेदरल्याण्डसमा अहिलेसम्म एक लाख १५ हजार भन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। अहिलेसम्म कडा नियम लागु नगरेको नेदरल्याण्डसले मंगलबारदेखि कम्तीमा तीन हप्ताका लागि मास्क लगाउनु पर्ने नियम लागु गरेको हो। स्वास्थ्य मन्त्री हुगो डी जोङ्गले भन्नुभएको छ, ‘हामीले सक्ने जति राम्रो गरिरहेका छौँ, तर भाइरसले आफ्नो बिस्तारका लागि त्यो भन्दा राम्रो गरिरहेको छ ।’

देशका तीन ठूला शहर आम्स्टरडाम, रोटरडाम र हेगमा पछिल्ला दिनमा संक्रमण अति तीव्र गतिमा बढिरहेकाले गम्भीर प्रतिक्रियाको खाँचो रहेको प्रधानमन्त्री मार्क रुट्टेले बताउनुभयो । मंगलबारदेखि तीन शहरमा अत्यावश्यक बाहेकका अवस्थामा भ्रमण गर्न पाउने छैनन्।

1227776733

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू