अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०७ | Colorodo: 22:22

भारतमा काम बन्द गर्ने एम्नेष्टी इन्टरनेशनलको घोषणा

बिआरटीनेपाल २०७७ असोज १३ गते ६:२० मा प्रकाशित

अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था एम्नेष्टी इन्टरनेशनलले भारतमा आफ्नो काम बन्द गर्ने घोषणा गरेको छ ।भारतको प्रवर्तन निर्देशनालय (इडी) ले हालै संस्थाको खाता फ्रिज गरेपछि एम्नेष्टीले यो निर्णय लिएको हो ।

सरकारले गरेको ‘अवरोध तथा आक्रमण’ का कारण काम बन्द गर्ने निर्णय गर्नु परेको संस्थाले जनाएको छ । एम्नेष्टी इण्डियामाथि त्यहाँको सरकारले एकपछि अर्को गर्दै सताएको पनि जनाइएको छ ।एमनेष्टीले भारत सरकारले मानव अधिकारवादी संस्थाहरुमाथि ‘विच–हन्ट’ गरिरहेको आरोप पनि लगाएको छ ।

सरकारले आफ्ना कर्मचारीलाई बिदा गर्न, आफूहरुका सबै अभियान र अनुसन्धानात्मक कार्य रोक्न बाध्य पारेको एमनेष्टीले इन्टरनेशनलले जनाएको हो ।संस्थाको कामबाट ४० लाखभन्दा बढी भारतका मानिस प्रत्यक्ष लाभान्वित भएको भन्दै एम्नेष्टीले एक लाखभन्दा बढी त भारतमा व्यक्तिगत चन्दादाता नै रहेको उल्लेख गरेको छ ।

जम्मू कश्मीर, दिल्ली दंगा जस्ता मामलामा पारदर्शी र उत्तरदायी बन्न माग राख्दै वकालत गरेकामा मोदी सरकार रुष्ट भएको पनि एम्नेष्टीले जनाएको छ ।भारत सरकारले भने एम्नेष्टी वैदेशिक सहयोग कानुन अन्तर्गत दर्ता नभएको जनाउँदै विदेशी अनुदान चलाउन वैदेशिक सहयोग कानुनअन्तर्गत दर्ता हुनुपर्ने तर्क गर्दै आएको छ ।

मानवअधिकारको क्षेत्रमा विश्वभर कार्यरत स्थापित संस्था एम्नेष्टीले भारतमा काम रोक्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । काम बन्द गर्ने एम्नेष्टीको निर्णयप्रति भारत सरकारको कुनै प्रतिक्रिया आएको छैन ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू