अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०४ | Colorodo: 08:19

काेराेनाबाट विश्वभर ज्यान गुमाउनेकाे सङ्ख्या १० लाख नाघ्याे

बिआरटीनेपाल २०७७ असोज १२ गते २:५९ मा प्रकाशित

विश्वभर कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १० लाख नाघेको छ । कोरोनाबारे अपडेट दिँदै आएको वर्ल्डाेमिटरका अनुसार अहिलेसम्म तीन करोड ३३ लाख ११ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकोमा विश्वभर एक लाख दुई हजार चार सय जनाको सङ्क्रमणबाट ज्यान गएको छ । त्यस्तै दुई करोड ४६ लाख ३९ हजारभन्दा धेरै सङ्क्रमणपछि निको भएका छन् ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित देशमा अमेरिका रहेको छ । अमेरिकामा ७३ लाख २१ हजार तीन सयभन्दा धेरैमा सङ्क्रमण पुष्टि हुँदा दुई लाख नौ हजार चार सयभन्दा धेरैको ज्यान गएको छ । त्यस्तै ४५ लाख ६० हजार चार सयभन्दा धेरै निको भएका छन् ।

अमेरिकापछि सबैभन्दा धेरै प्रभावित देश भारत हो । त्यहाँ अहिलेसम्म ६० लाख ७४ हजार सात सयभन्दा धेरैमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुँदा ९५ हजार पाँच सयभन्दा धेरैको ज्यान गएको छ । त्यस्तै सङ्क्रमण पुष्टि भएकामध्ये ५० लाख १६ हजार पाँच सयभन्दा धेरै निको भएका छन् ।

ब्राजिलमा अहिलेसम्म ४७ लाख ३२ हजार तीन सयभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकोमा एक लाख ४१ हजार सात सयभन्दा धेरैको ज्यान गएको छ । त्यस्तै ४० लाख ६० हजारभन्दा धेरै सङ्क्रमणमुक्त भएका छन् ।

रुसमा ११ लाख ५१ हजार चार सयभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकोमा २० हजार तीन सयभन्दा धेरैको ज्यान गएको छ । त्यस्तै नौ लाख ४३ हजार दुई सयभन्दा धेरै सङ्क्रमणमुक्त भएका छन् ।

वर्ल्डाे​मिटरका अनुसार अहिलेसम्म विश्वका दुई सय १३ देश र त्यसका क्षेत्रका साथै दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा कोरोनाको सङ्क्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू