अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३४ | Colorodo: 09:49

नाइजेरियामा विद्रोही समूहको आक्रमणमा कम्तिमा ११ सर्वसाधारणको मृत्यु

बिआरटीनेपाल २०७७ असोज ११ गते १:१७ मा प्रकाशित

नाइजेरियामा विद्रोही समूहको आक्रमणमा परेर कम्तिमा ११ जनाको मृत्यु भएको छ । सशस्त्र विद्रोहीहरुका गतिविधिबाट विस्थापित भएकाहरु घर फर्कने क्रममा भएको आक्रमणमा ती सर्वसाधारण मारिएका हुन् ।नाइजेरियमा विद्रोह गरिरहेको बोको हरामका लडाकूहरुले समुद्री किनारमा माछा मार्ने क्रममा आक्रमण गरिएको दावी गरेका छन् ।

उनीहरुले सुरक्षाकर्मीहरु मारिएको बताएपनि सरकारी अधिकारीहरुले भने सर्वसाधारण मारिएको बताएका छन् ।बोर्ना राज्यमा भएको घटनामा आठ जना प्रहरी र तीन जना सैनिक मारिएको विद्रोहीको दावी छ ।सन् २००९ देखि नाइजेरियामा बोको हरामले इस्लामिक कानुनको व्याख्या हुनुपर्ने भन्दै छुट्टै राज्यको माग गरेर आन्दोलन चर्काएको छ ।

व्रिदोहीका कारण तीन लाख भन्दा बढी सर्वसाधारण विस्थापित भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।सरकारी अधिकारीहरुले विस्थापितहरुलाई घर फर्काउने क्रममा विद्रोहीले आक्रमण गरेको बताइएको छ । विस्थापितहरुलाई विभिन्न अस्थायी शिविरमा राखिएको छ । उनीहरुलाई दातृ निकायले खाद्यान्न सहयोग गरेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू