अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४० | Colorodo: 00:55

कोरोना भाइरसका कारण नेपालसहित विश्वभर ७ सय ३२ नेपालीको मृत्यु

बिआरटीनेपाल २०७७ असोज ११ गते ०:४० मा प्रकाशित

कोरोना भाइरसको संक्रमणबाट नेपाल बाहिर थप २१ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार कोरोना भाइरस संक्रमणबाट विभिन्न मितिमा थप २१ जना नेपालीको ज्यान गएको यो साता पुष्टि भएको हो ।

मृत्यु हुनेमा कुवेतमा ५ जना, साउदी अरबमा १४ जना, युएईमा १ जना, युगान्डामा १ जना गरि शनिबार साँझसम्म १७ देशमा रहेका २ सय ६५ जना रहेका छन् । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांक अनुसार शनिबार साँझसम्म ४२ देशमा रहेका ३८ हजार ८ सय ४८ जना नेपाली कोरोना भाइरसबाट संक्रमति भएका हुन् ।

ती मध्ये ३५ हजार ७८ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो कुल संक्रमितमध्ये ९२ प्रतिशत हो । यो साता पोर्चुगल,बेलायत, साउदी अरब, कुवेत, यूएई, संयुक्त राज्य अमेरिकामा रहेका नेपालीहरुमा नयाँ कोरोना भाइरसको संक्रमण देखिएको समितिका संयोजक डा. संजीव सापकोटाले बताउनुभयो । कोरोना भाइरसका कारण नेपालसहित विश्वभर छरिएका नेपालीमध्ये ७ सय ३२ जनाको निधन भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू