अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५२ | Colorodo: 03:07

कोरोनाको खोप प्रयोगमा आउनुअघि नै विश्वभर २० लाख बढी मानिसको मृत्यु भइसक्ने विश्व स्वास्थ्य संगठनको ठहर

बिआरटीनेपाल २०७७ असोज १० गते ७:४३ मा प्रकाशित

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसको खोप प्रयोगमा आउनुअघि नै विश्वभर २० लाख भन्दा बढी मानिसको मृत्यु भइसक्ने चेतावनी दिएको छ ।विश्वभर विभिन्न प्रकारको खोपको परीक्षण भइरहेका बेला डब्लुएचओले यस्तो चेतावनी दिएको हो ।अमेरिका, बेलायत लगायतका मुलुहकहरुले कोरोनाविरुद्धको खोप तयार पारेर परीक्षण गरिरहेको बताएपनि डब्लुएचओले थप परीक्षण आवश्यक रहेको भन्दै सर्वसाधारणले प्रयोग गर्ने अनुमति दिएको छैन ।

डब्लुएचओका आपतकालीन प्रमुख डा. माइक रायनले कोरोना महामारीविरुद्ध विश्वले सामुहिक प्रतिवद्धता जनाएर अघि नबढेसम्म नियन्त्रणमा नआउनेसमेत बताउनुभएको छ ।गत वर्ष चीनबाट सुरु भएको कोरोना महामारीका कारण विश्वभर करिब १० लाख मानिसको मृत्यु भइसकेको छ । कोरोनाका कारण विश्वभर तीन करोड २७ भन्दा बढी संक्रमित भएका छन् ।

संक्रमण बढ्ने दर अझै नियन्त्रणमा नआएकाले खोपको उपलब्धता अघि नै अझै मानविय क्षति हुने डब्लुएचओले अनुमान गरेको हो ।उत्तरी गोलार्धमा रहेका मुलुकहरुमा जाडो मौसम सुरु भएसँगै पुनः कोरोना संक्रमितहरु थपिएको डब्लुएचओले जनाएको छ ।

हालसम्म अमेरिका, भारत र ब्राजिलमा सबैभन्दा बढी संक्रमित रहेको अन्तर्राष्टिय समाचार संस्थाहरुले जनाएका छन् ।तर पछिल्ला दिनहरुमा युरोपमा पनि संक्रमण र मृत्युको दर बढ्दै गएको भन्दै डब्लुएचओले चिन्ता व्यक्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू