अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३७ | Colorodo: 06:52

युक्रेनमा सैन्य विमान दुर्घटना हुँदा २२ जनाको मृत्यु

बिआरटीनेपाल २०७७ असोज १० गते ७:४० मा प्रकाशित

युक्रेनमा सैन्य विमान दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ । दुर्घटनमा घाइते भएकामध्ये २ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । युक्रेनी अधिकारीहरुका अनुसार चालक दलका सदस्यहरुको लापरवाहीका कारण राजधानीबाट ४०० किलोमिटर उत्तर पूर्वमा रहेको स्थानमा विमान दुर्घटना भएको हो ।

दुर्घटनाअघि चालकले विमानमा केही खराबी आएको संकेत गरेको इन्टर फेक्स युक्रेन समाचार एजेन्सीले जनाएको छ । युक्रेनका राष्ट्रपति वोल्डामिर जेलेन्स्कीले विमान दुर्घटना भएको पुष्टि गर्दै दुर्घटनास्थलको अवलोकन गर्ने बताउनुभएको छ । उहाँले विमान दुर्घटनाबारे छानविन गर्न समिति गठन गरेको पनि जानकारी दिनुभयो । विमानमा सैन्य अधिकारी, चालक दलका ४ जना सदस्यसहित २८ जना सवार रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू