अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५३ | Colorodo: 15:08

अमेरिकामा कोरोना परीक्षणको निर्णय उल्टियो, सङ्क्रमितको सम्पर्कमा पुगेका सबैले परीक्षण गराउनुपर्ने

बिआरटीनेपाल २०७७ असोज ३ गते ७:३८ मा प्रकाशित

अमेरिकामा कोरोना सङ्क्रमितको सम्पर्कमा पुगेका तर लक्षण नभएका व्यक्तिले पनि कोरोना परीक्षण गराउनुपर्ने भएको छ ।स्वास्थ्य अधिकारीहरूले लक्षण नभएका व्यक्तिले परीक्षण गर्न आवश्यक नभएको भन्दै गएको महिना दिएको विवादित सुझाव फिर्ता लिएपछि कोरोना सङ्क्रमितका सम्पर्कमा रहेका सबैले परीक्षण गर्नुपर्ने भएको हो ।

सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्शन सीडीसीका अनुसार अब पत्ता लागेका सङ्क्रमितको सम्पर्कमा आएका सबै व्यक्तिले परीक्षण गराउनुपर्नेछ । अगस्टमा वैज्ञानिकको सुझाव बिना नै स्वास्थ्य अधिकारीले सम्पर्कमा पुगेका सबैले परीक्षण गर्नु नपर्ने सुझाव दिएका थिए ।धेरैजसो अमेरिकी राज्यहरूले त्यतिबेला नै निर्देशिकालाई अस्वीकार गरेका थिए । यो निर्णयलाई केही जानकारहरूले कोरोनाको बढ्दो क्रम घटाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको सोचको प्रतिबिम्ब भएको हुनसक्ने पनि बताएका थिए ।

निर्णय उल्टिएपछि समाचारसंस्था रोएटर्सले देशको प्रमुख रोग नियन्त्रण निकायको ‘मौन बस्न बाध्य पारिदिने झापड’ भनेर लेखेको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू