अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४७ | Colorodo: 18:02

विश्वभर २ करोड २३ लाख ७३ हजार १ सय कोरोना संक्रमित उपचारपछि निको

बिआरटीनेपाल २०७७ असोज ३ गते ७:३० मा प्रकाशित

विश्वभर हालसम्म २ करोड २३ लाख ७३ हजार १ सय ३८ कोरोना भाइरसका संक्रमित निको भएका छन् । विश्व स्वास्थ्य संगठनले जनाएअनुसार विश्वभरमा हाल कोरोना संक्रमितको संख्या ३ करोड ७ लाख ३७ हजार ३ सय ६१ पुगेको छ । हालसम्म कुल सङ्क्रमितमध्ये ९ लाख ५७ हजार २ सय ४३ जनाको मृत्यु भएको छ ।

विश्वभर अहिलेपनि ७४ लाख ६ हजार ९ सय ८० जना संक्रमित सक्रिय अवस्थामै रहेका छन् । ती मध्ये ६१ हजार ४ सय ६६ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरुले जनाएका छन् । यसैगरी, ७३ लाख ४५ हजार ५ सय १४ जनामा मध्यमस्तरको संक्रमण रहेको छ । अमेरिकामा अहिलेसम्म ६९ लाख २८ हजार ३ सय ४ जना संक्रमित भएका छन् भने २ लाख ३ हजार १ सय ८८ जनाको मृत्यु भएको छ ।

पछिल्लो विवरण अनुसार भारतमा ५३ लाख १२ हजार ५ सय ३७ जना संक्रमित हुँदा ८५ हजार ६ सय ५० जनाको मृत्यु भएको छ । त्यसैगरी ब्राजिलमा अहिलेसम्म ४४ लाख ९७ हजार ४ सय ३४ जना संक्रमित भएका छन् भने १ लाख ३५ हजार ८ सय ५७ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू