अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०२ | Colorodo: 17:17

विश्वभर २ करोड २० लाख ६५ हजार १ सय कोरोना संक्रमित उपचारपछि निको

बिआरटीनेपाल २०७७ असोज २ गते ७:३७ मा प्रकाशित

विश्वभर हालसम्म २ करोड २० लाख ६५ हजार १ सय ९० कोरोना भाइरसका संक्रमित निको भएका छन् । विश्व स्वास्थ्य संगठनले जनाएअनुसार विश्वभरमा हाल कोरोना संक्रमितको संख्या ३ करोड ३ लाख ९२ हजार ५ सय ३४ पुगेको छ । हालसम्म कुल सङ्क्रमितमध्ये ९ लाख ५१ हजार २ सय ३२ जनाको मृत्यु भएको छ ।

विश्वभर अहिलेपनि ७३ लाख ७६ हजार १ सय १२ जना संक्रमित सक्रिय अवस्थामै रहेका छन् । ती मध्ये ६१ हजार १ सय ६६ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरुले जनाएका छन् । यसैगरी, ७३ लाख १४ हजार ९ सय ४६ जनामा मध्यमस्तरको संक्रमण रहेको छ । अमेरिकामा अहिलेसम्म ६८ लाख ७६ हजार ३ सय ७५ जना संक्रमित भएका छन् भने २ लाख २ हजार २ सय ३७ जनाको मृत्यु भएको छ ।

पछिल्लो विवरण अनुसार भारतमा ५२ लाख १९ हजार २ सय ११ जना संक्रमित हुँदा ८४ हजार ४ सय ३४ जनाको मृत्यु भएको छ । त्यसैगरी ब्राजिलमा अहिलेसम्म ४४ लाख ५७ हजार ४ सय ४३ जना संक्रमित भएका छन् भने १ लाख ३५ हजार ३१ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू