अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०५ | Colorodo: 21:20

अमेरिकाको दक्षिणी क्षेत्रमा आँधीः अधिकांश घर भत्किए, सयौं घरबारविहीन, यातायात सेवा अवरुद्ध

बिआरटीनेपाल २०७७ असोज १ गते ७:४८ मा प्रकाशित

संयुक्त राज्य अमेरिकाको दक्षिणी क्षेत्रमा मुसलधारे वर्षासँगै आएको आँधी र बाढीले जनजीवन प्रभावित बनेको छ ।स्याली नामको आँधीले अमेरिकाको फ्लोरिडा, पेन्साकोलाका अधिकांश घरहरु भत्केका छन् भने सयौं घरबारविहीन बनेका छन् ।दर्जनौ घरहरु डुबानमा पर्नुका साथै यातायात सेवासमेत अवरुद्ध भएको छ । आँधीका कारण ठाउँ ठाउँमा पोल ढलेका कारण विद्युत् आपूर्तिसमेत बन्द भएको छ ।

आँधी प्रभावितहरुलाई सुरक्षित स्थानतर्फ सारिएको छ । आँधीका कारण धेरै सवारी साधनमा क्षति पुगेको छ ।पेन्साकोलाबाट अलाबामातर्फ अघि बढेको आँधीले पुर्याउन सक्ने क्षति न्यूनिकरणका लागि अलाबामाका सर्वसाधारणलाई सुरक्षित रहन प्रशासनले आग्रह गरेको छ ।

एटलान्टिक महासागरहरुको शक्तिशाली आँधीका रुपमा चिनिने यो आँधीले अझै धेरै हानी नोक्सानी पुर्याउन सक्ने मौसमविद्हरुले चेतावनी दिएका छन् । यसअघि आएको लौरा नामको आँधीले अमेरिकामा ठूलो जनधनको क्षति भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू