अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३९ | Colorodo: 23:54

विश्वभर २ करोड १३ लाख १३ हजार ८ सय कोरोना संक्रमित उपचारपछि निको

बिआरटीनेपाल २०७७ भदौ ३० गते ८:०१ मा प्रकाशित

विश्वभर हालसम्म २ करोड १३ लाख १३ हजार ८ सय ६१ कोरोना भाइरसका संक्रमित निको भएका छन् । विश्व स्वास्थ्य संगठनले जनाएअनुसार विश्वभरमा हाल कोरोना संक्रमितको संख्या २ करोड ९४ लाख ८७ हजार १ सय पुगेको छ । हालसम्म कुल सङ्क्रमितमध्ये ९ लाख ३३ हजार ७ सय २१ जनाको मृत्यु भएको छ ।

विश्वभर अहिलेपनि ७२ लाख ३९ हजार ५ सय १८ जना संक्रमित सक्रिय अवस्थामै रहेका छन् । ती मध्ये ६० हजार ७ सय २२ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरुले जनाएका छन् । यसैगरी, ७१ लाख ७८ हजार ७ सय ९६ जनामा मध्यमस्तरको संक्रमण रहेको छ । कोरोना भाइरसबाट प्रभावित हुनेहरुमा सबैभन्दा धेरै अमेरिकी नागरिक रहेका छन् । अमेरिकामा अहिलेसम्म ६७ लाख ५१ हजार ४८ जना संक्रमित भएका छन् भने १ लाख ९९ हजार १ सय ४८ जनाको मृत्यु भएको छ ।

पछिल्लो विवरण अनुसार भारतमा ४९ लाख ३३ हजार १ सय ८८ जना संक्रमित हुँदा ८० हजार ८ सय ३३ जनाको मृत्यु भएको छ । त्यसैगरी ब्राजिलमा अहिलेसम्म ४३ लाख ४९ हजार ५ सय ४४ जना संक्रमित भएका छन् भने १ लाख ३२ हजार १ सय १७ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू