अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२३ | Colorodo: 07:38

विश्वभर २ करोड १० लाख ४६ हजार ७ सय कोरोना संक्रमित उपचारपछि निको

बिआरटीनेपाल २०७७ भदौ २९ गते ६:५५ मा प्रकाशित

विश्वभर हालसम्म २ करोड १० लाख ४६ हजार ७ सय ५ कोरोना भाइरसका संक्रमित निको भएका छन् । विश्व स्वास्थ्य संगठनले जनाएअनुसार विश्वभरमा हाल कोरोना संक्रमितको संख्या २ करोड ९२ लाख २० हजार ३ सय ३४ पुगेको छ । हालसम्म कुल सङ्क्रमितमध्ये ९ लाख २९ हजार ८८ जनाको मृत्यु भएको छ ।

विश्वभर अहिलेपनि ७२ लाख ४४ हजार ५ सय ४१ जना संक्रमित सक्रिय अवस्थामै रहेका छन् । ती मध्ये ६० हजार ५ सय २० जनाको अवस्था गम्भीर रहेको अधिकारीहरुले जनाएका छन् । यसैगरी, ७१ लाख ८४ हजार २१ जनामा मध्यमस्तरको संक्रमण रहेको छ । कोरोना भाइरसबाट प्रभावित हुनेहरुमा सबैभन्दा धेरै अमेरिकी नागरिक रहेका छन् । अमेरिकामा अहिलेसम्म ६७ लाख १० हजार ५ सय ८८ जना संक्रमित भएका छन् भने १ लाख ९८ हजार ५ सय ४२ जनाको मृत्यु भएको छ ।

पछिल्लो विवरण अनुसार भारतमा ४८ लाख ५० हजार ८ सय ८७ जना संक्रमित हुँदा ७९ हजार ७ सय ८४ जनाको मृत्यु भएको छ । त्यसैगरी ब्राजिलमा अहिलेसम्म ४३ लाख ३० हजार ४ सय ५५ जना संक्रमित भएका छन् भने १ लाख ३१ हजार ६ सय ६३ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू