अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४३ | Colorodo: 10:58

इरानको युरेनियम क्षमता तोकिएको सीमा भन्दा ‘१० गुणा बढी’

बिआरटीनेपाल २०७७ भदौ २० गते ६:५४ मा प्रकाशित

इरानले आफ्नो युरेनियम क्षमता अन्तर्राष्ट्रिय सीमा भन्दा १० गुणा बढी बनाएको परमाणु गतिविधि सम्बन्धमा अनुगमन गर्ने संयुक्त राष्ट्रसंघीय संस्थाले बताएको छ ।अन्तर्राष्ट्रिय सहमतिमा निर्धारण गरिएको सीमा भन्दा इरानको युरेनियम क्षमता १० गुणा बढी रहेको इन्टरनेशनल एटोमिक इनर्जी एजेन्सी (आइएइए) ले बताएको हो । इरानको युरेयिनम भण्डारण २१ सय पाँच किलो पुगेको छ ।

इरानले आफ्नो परमाणु कार्यक्रम शान्तिपूर्ण प्रयोजनका लागि रहेको बताउँदै आएको छ ।इरानले आइएइएका अनुगमनकर्ताहरुलाई आफ्ना दुई पूर्व परमाणु क्षेत्रमा पहुँच दिएपछि यो खबर बाहिरि आएको हो । एजेन्सीले दोस्रो क्षेत्रको नमूना अर्को महिना लिने बताएको छ ।सन् २०१५ मा इरान, चीन, फ्रान्स, जर्मनी, रुस, बेलायत र अमेरिकाबिच परमाणु सम्झौता भएको थियो।

सो सम्झौता अनुसार इरानले आफ्नो परमाणु कार्यक्रम सीमित गर्दै लैजाने भनिएको थियो । तर अमेरिका सम्झौताबाट बाहिरिएपछि इरानले पनि आफूले सम्झौताका नियमहरु नमान्ने बताएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू