अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१४ | Colorodo: 11:29

रुसमा कोभिड– १९ विरुद्धको खोप पुटिनकी छोरीलगायत ७६ जनामा परीक्षण गरियो

बिआरटीनेपाल २०७७ भदौ २० गते ६:४६ मा प्रकाशित

रुसमा विकास गरिएको कोभिड–१९ विरुद्ध खोपको पछिल्लो ७६ जनामा गरिएको परीक्षणबाट निकै सकारात्मक परिणाम देखापरेको रुसी अधिकारीहरुले दाबी गरेका छन् ।बीबीसीका अनुसार सो खोपको परीक्षण जुन र जुलाइमा सुरु गएिको र त्यसमा दुई पटकमा हरेक समूहमा ३८ जना स्वस्थ व्यक्ति समावेश गरिएको थियो ।

उनीहरुलाई पहिलो पटक सो खोप दिनुका साथै त्यसको तीन हप्तापछि बुस्टर डोज दिइएको थियो ।सो खोपको परीक्षणमा १८ देखि ६० वर्ष उमेर समूहका व्यक्ति समावेश थिए ।उनीहरुलाई खोप दिइएको ४२ दिन पछि परीक्षण गर्दा सबैमा तीन हप्ता भित्रै रोगसँग लड्ने एन्टिबडी पैदा भइसकेको थियो ।

अध्ययनका क्रममा सबैमा टाउको र जोर्नी दुख्ने जस्ता साइड इफेक्ट पाइए पनि अन्य कुनै गम्भीर साइडइफेक्ट नभएको पाइएको छ ।सो खोपको परीक्षण रुसी राष्ट्रपति भ्यादिमिर पुटिनकी छोरीमा पनि गरिएको र उनले राम्रो अनुभव गर्नुका साथै उनमा धेरै मात्रामा एन्टिबडी उत्पन्न भएको पुटिनले जानकारी गराउनुभएको समाचारमा जनाइएको छ ।

रुसले सो खोपको ठूलो संख्यामा यही सेप्टेम्बरभित्र उत्पादन थाल्ने र एक वर्षमा ५० करोड डोज उपलब्ध गराउन सकिने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू