अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०० | Colorodo: 00:15

जर्मनीको एक आवासीय भवनको फ्ल्याटमा पाँच बालबालिकाको शव फेला

बिआरटीनेपाल २०७७ भदौ १९ गते ७:१८ मा प्रकाशित

जर्मनीको सोलिंगेन शहरको ठूलो आवासीय भवनको फ्ल्याटमा पाँच बालबालिकाको शव भेटिएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।बालबालिकाको हत्या २७ वर्षे आमाले गरेको आशंका प्रहरीको छ। ती महिलाले सन्तानको हत्या गरेपछि रेल मार्गमा आएर आत्महत्याको प्रयास गरेको प्रहरीले बताएको बिबिसीले उल्लेख गरेको छ।

बालबालिकाको मृत्यु के कारणले वा कसरी भएको भन्नेबारे विस्तृत विरण खुलाइएको छैन।स्थानीय समय अनुसार बिहीबार अपरारान्ह आवसीय क्षेत्रमा आपतकालीन सेवालाई बोलाइएको थियो।घटनास्थल पुगेको प्रहरीले एकदेखि ८ वर्षसम्मका तीन बालिका र दुई बालकको शव फेला पारेको हो । ११ वर्षका अर्का बालक भने बाँच्न सफल भएको बताइएको छ।

६० किलोमिटर पर मोनचेंगग्लाडवाच शहरमा बस्ने हजुरआमाले घटनाका सम्बन्धमा आपतकालीन सेवालाई जानकारी गराएको जर्मन न्यूज वेबसाइटले उल्लेख गरेको छ।रेल मार्गमा आएर आत्महत्याको प्रयास गरेकी बालबालिकाकी आमा गम्भीर घाइते भएकी छन्। उनको उपचार तथा अनुसन्धान जारी रहेको जर्मन प्रहरीले उल्लेख गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू