अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४० | Colorodo: 00:55

कोरोना महामारीबाट उठ्न फ्रान्समा एक खर्ब १८ अर्ब डलरको आर्थिक प्याकेज घोषणा

बिआरटीनेपाल २०७७ भदौ १९ गते ७:१२ मा प्रकाशित

फ्रान्समा कोरोना महामारी पुनः देखिने खतरा रहेकै अवस्थामा एक खर्ब १८ अर्ब डलरको विशाल आर्थिक प्याकेज घोषणा गरिएको छ ।यो रकम रोजगारी सिर्जना, संघर्षरत व्यवसायको पुरुत्थान तथा आर्थिक वृद्धिलाई गति दिन खर्च गरिने सरकारको भनाई छ ।फ्रान्सेली प्रधानमन्त्री जाँ कास्टेक्सले राहत प्याकेज घोषणा गर्नुअघि नयाँ आर्थिक प्याकेजले अर्को वर्ष एक लाख ६० हजार नयाँ रोजगारी सिर्जना हुने विश्वास व्यक्त गर्नुभएको थियो ।

प्रस्तावित प्याकेजमा भवनहरुको मर्मतसम्भारदेखि रेलसेवाको ऊर्जा उत्सर्जनमा कटौतीसम्मका योजना समेटिएका छन् ।फ्रान्समा थप सात हजार नयाँ संक्रमित भेटिएका थिए । पछिल्ला दिनहरुमा यो युरोपमै सबैभन्दा बढी वृद्धिदर हो ।फ्रान्समा हालैका दिनहरुमा कडा लकडाउन र नियमहरुलाई खुकुलो बनाइएको छ ।

फ्रान्सका अस्पतालमा सघन उपचार कक्षमा बिरामीको संख्या केही बढेको देखिए पनि मार्च र अप्रिलको जस्तो अवस्था देखिएको छैन ।संक्रमण फेरि बढ्न थालेपनि फ्रान्सका विद्यालयहरु खुल्न थालेका छन् भने अधिकारीहरुले मानिसलाई काममा फर्कन प्रेरित गरिरहेका छन् । फ्रान्समा कोरोनाबाट ३० हजार ६०० भन्दा बढीको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू