अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१८ | Colorodo: 18:33

भारतमा चीनका एक सय १८ मोबाइल एप्समा प्रतिबन्ध

बिआरटीनेपाल २०७७ भदौ १७ गते २२:५० मा प्रकाशित

भारत सरकारले चीनले विकास गरेका पब्जीसहित १ सय १८ वटा मोबाइल एप्सलाई प्रतिबन्ध लगाएको छ । यसअघि जून महिनामा पनि भारतले टिकटकसहित ५९ वटा चिनियाँ एप्समाथि प्रतिबन्ध लगाएको थियो । भारतको इलेक्ट्रोनिक्स तथा सूचना मन्त्रालयले एक विज्ञप्ति जारी चिनियाँ एप्सहरुमाथि प्रतिबन्ध लगाएको जानकारी दिएको हो । विज्ञप्तिमा ती एप्सहरुको प्रयोगले भारतको सार्वभौमिकता, राष्ट्रिय अखण्डता र सुरक्षामा समेत खतरा उत्पन्न भएको जनाइएको छ ।

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा यो कदमले भारतका करोडौं मोबाइल र इन्टरनेट प्रयोग गर्नेहरुको समेत हितको रक्षा गर्ने भारतको साइबर स्पेसको सुरक्षा र सार्वभौमिकता सुनिश्चित गर्ने निश्चित गर्ने उल्लेख गरिएको छ । लद्दाखस्थित सीमानामा दुई देशका सेनाबीच थप तनाव बढेपछि भारत सरकारले चीनप्रति कडा नीति लिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू