अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२३ | Colorodo: 08:38

भारतीय पूर्वराष्ट्रपति मुखर्जीको स्वास्थ्य जटिल, कोमामा राखेर उपचार

बिआरटीनेपाल २०७७ साउन २९ गते ६:५० मा प्रकाशित

भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीलाई कोमामा राखिएको छ ।कोरोनाबाट संक्रमित पूर्वराष्ट्रपति मुखर्जीलाई कोमामा राखिएको अस्पतालले जनाएको हो ।नयाँदिल्लीस्थित उहाँको उपचार भइरहेको आर्मी रिसर्च एण्ड रेफरल हस्पिटलले मुखर्जीलाई कोमामा राखिएको जानकारी दिएको हो । यद्यपि अस्पतालले उहाँको अवस्था स्थिर रहेको जनाएको छ ।

गत सोमबार स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिनुभएका उहाँको मस्तिष्कको शल्यक्रियासमेत गरिएको थियो ।गत सोमबार ८४ वर्षीय मुखर्जी आफैंले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिँदै एक साता यता आफ्ना सम्पर्कमा आएकाहरुलाई परीक्षण र आइसोलेशनमा रहन आग्रह गर्नुभएको थियो ।

एकाएक मृत्युसम्बन्धि हल्ला फैलिएपछि उहाँको परिवारले यस्ता गलत समाचारको विश्वास नगर्न आग्रह गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । मुखर्जी सन् २०१२ देखि २०१७ सम्म भारतको राष्ट्रपति हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू